×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

युनाईटेड फाईनान्सको २५औं र २६औं रुपन्देहिको मणिग्राम र तानसेनको पाल्पामा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । युनाईटेड फाईनान्सले आफ्नाे २५औं र २६औं शाखा रुपन्देहिको मणिग्राम र तानसेनको पाल्पामा संचालनमा ल्याएको छ । मणिग्राम शाखाको उद्घाटन उद्योग वाणिज्य संघ, तिलोत्तमाका अध्यक्ष गुणानिधि भण्डारी (माधव) र युनाइटेड फाईनान्स सञ्चालक प्रभा पाण्डेले गरेका थिए । यस्तै पाल्पा शाखाको उद्घाटन तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाही र युनाइटेड फाईनान्सका सञ्चालक मनिष कुमार खेमकाले संयूक्त रुपमा गरेका थिए ।
दुवै शाखाले आज देखि नै विधिवत रुपमा बैंकिङ्घ कारोवार सञ्चालनमा ल्याएको कम्पनीले जानकारी दिएकाे छ । नयाँ शाखा सञ्चालनमा आएसँगै फाईनान्सको शाखा कार्यालयको संख्या २६ पुगेको छ । चुक्ता पुँजी तथा शाखा सञ्जालको हिसावले नेपालको सबै भन्दा ठुलो फाइनान्स कम्पनी युनाईटेड फाईनान्स लिमिटेडले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा विस्तार गर्दै आफ्ना ग्राहकहरुलाई सरल रुपमा बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: