- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । २.५ किलो युरेनियमसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले आज पत्रकार सम्मेलन गरी बौद्ध क्षेत्रबाट २.५ किलो युरेनियमसहित ४ जनालाई पक्राउ गरेको जनाएको हो । प्रतिकिलो १८ अर्व पर्ने युरेनियम नेपालमा पहिलो पटक नियन्त्रण भएको हो । पक्राउ परेका उनीहरुलाई विस्फोटक पदार्थसम्बन्धी ऐनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।