×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो (भिडियो रिपोर्ट)

२३ फाल्गुन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्नको निम्ति प्रचण्ड–माधव पक्ष कांग्रेस कहाँ निवेदन हाल्न गएको आरोप लगाउनु भएको छ । शनिबार मेलम्चीको पानी सुन्दरीजल आइपुगेको आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार ढाल्नको निम्ति प्रचण्ड–माधव पक्षका एक हल कांग्रेस कहाँ निवेदन हाल्न गएको आरोप लगाउनु भएको हो । प्रत्यक्षमा १ सय १६ सिट जितेको पार्टीलाई हटाएर २३ सिट जितेको कांग्रेसलाई नेतृत्व लिन आग्रह गरिएको भन्दै उहाँले जनताको आदेश र इच्छा त्यस्तो नभएको बताउनुभयो । लोकतन्त्रिक विधि र पद्धतीको कुरा गरेर भ्रममा पारिएको पनि उहाँको भनाई छ । 
उहाँले भन्नुभयो – ‘यो सरकारले उधुम गर्न लाग्यो यसलाई तुरुन्तै ढाल्नुप¥यो भनेर केही गर्दा ढाल्न सकिन्न भने हाम्रै पार्टीका हौँ भन्ने केही कांग्रेस कहाँ दुईटाका दायाँबाँया औठाछाप गरेर निवेदन हाल्न गएका छन् दुईजना, एक हल । निवेदन हाल्न गएका छन् कांग्रेस कहाँ, लौ न यो केपी ओलीले त उधुम नै गर्न लाग्यो हटाउँ यसलाई । यसलाई हटाउनको लागि तपाईहरुले कमसेकम नेतृत्व लिईदिनु प¥यो । हाम्रो पार्टीले १ सय १६ सिट प्रत्यक्षमा जितेको छ । प्रत्यक्ष १ सय १६ सिट जितेकोलाई हटाउने २३ सिट जितेको कांग्रेसलाई लौन प्रभु नेतृत्व गरिदिनुप¥यो । यो जनताको आदेश हो ? जनताको इच्छा हो ? जनताले आदेश दिएको त्यसैगरी हो ? यिनीहरु लोकतन्त्रका विधि पद्धतीका प्रक्रियाका कुराहरु गर्छन् । झुठा र नक्कली कुरासँग भ्रम नपर्न म साथीहरुलाई आग्रह गर्न चाहान्छु । त्यतापटि तपाईहरु चिन्ता नगर्नुस् हामी ठेगान लाइहाल्छौ तिनीहरुलाई ।’
सार्वजनिक कार्यक्रममा सधै मजाकि भावमा प्रस्तुत हुने प्रधानमन्त्रीले मेलम्चीको पानी काठमाण्डौ आइपुगेको अवशरमा आयोजित कार्यक्रमलाई पनि छोड्नु भएन । कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रचण्ड माधव पक्षलाई ब्यङ्गय कस्दै भन्नुभयो, ‘यो खुसीको दिन हो । जतिबेर पायो, त्यतिबेर लड्डु खाने होइन । यस्तो बेलामा खाने हो ।’ सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेको दिन खुसी साट्दै लड्डु खाएका थिए । अर्को एक प्रसंगमा मेलम्ची आयोजनाको कुरा चल्दा आफ्नो कपाल कालै रहेको, तर काम सम्पन्न हुँदा कतै कालो बाँकी नरहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनमा कुनै दुर्घटना नहुनेगरी काम अगाडी बढाउन पनि निर्देशन दिनुभयो । उहाँले काठमाडौँमा पानी झरेको भन्दै केही दिनमा धारामा पानी वितरण गरिने पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले काठमाडौंलाई पानी दिएकोमा मेलम्ची, हेलम्बु र सिन्धुपाल्चोक बासीलाई धन्यवाद दिनुभयो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: