Skip to content
LAXMI SUNRISE BANK

शे फोक्सुन्डो तालमा वोर्ल्डलिंकको निः शुल्क वाइफाइ सेवा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । “सबैलाई जहाँ पनि, जहिले पनि जोड्ने” आफ्नो मुख्य उद्देश्य लाई अनुसरण गर्दै वोर्ल्ड लिंक कम्युनिकेशन्स लिमिटेडले शे फोक्सुन्डो तालमा आफ्नो निःशुल्क वाइफाइ सेवा शुरू गरेको छ । नेपालको प्रमुख तालमध्ये कान्जिरोवा हिमालको काखमा अवस्थित समुन्द्री सतहभन्दा करीव ३६६० मिटरको उचाइमा कर्णाली प्रदेशको डोल्पा जिल्ला अन्तर्गत, नेपालको मुख्य पर्यटकीय स्थल फोक्सुण्डो ताल जसलाई विश्वभर शे फोक्सुण्डो तालको नामले समेत चिनिन्छ । हिमाली ताजा र सफा पानीले भरिएको यो ताल नेपालको धेरै गहिरो र ठुलो ताल हो । यो ताल यसको मन्त्रमुग्ध सुन्दरताको लागि विश्व प्रसिद्ध छ ।निःशुल्क वाइफाइ सेवाको उदघाटन प्रमुख अतिथि कर्णाली प्रदेशकामुख्यमन्त्री महेन्द्र बहादुर शाही र वल्र्डलिंकका अध्यक्ष दिलीप अग्रवालले सेवाको शुभारम्भ गरेका हुन् । उदघाटन समारोहमा वल्र्डलिंकका निर्देशक मनोज अग्रवाल, प्रमुख कार्यकारी अधिकृत केशव नेपाल शे फोक्सुन्डो गाउँ पालिका वडा नं ८ का वडा प्रमुख निमा लामा, शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जका प्रतिनिधि चन्द्र बहादुर घर्ती उपस्थित थिए । 
सो उदघाटन समारोहमा बोल्दै वल्र्डलिंक कम्यूनिकेशन्स लिमिटेडका अध्यक्ष दिलीप अग्रवालले भने ‘नेपालको प्रमुख पर्यटकीय स्थलमा आउने पर्यटकका लागि सूचना प्रविधि अति नै महत्वपूर्ण भएकाले गुणस्तरीय सेवाका लागि फाइवरको विकल्प नभएको, गास बास कपाससंग आजको युगमा सूचना प्रविधि पनि जोडिएको छ, इन्टरनेटको प्रयोगले हामी हाम्रो जीवन लाई परिवर्तन गर्न सक्छौ, सूचना प्रविधि स्थानीय जनता तथा विद्यार्थीका लागि ज्ञानहासिल गर्ने माध्यम बन्न सक्छ, जुन स्थानमा बाटो घाटो, अस्पतालको अभाव छ सोही ठाउँका लागि इन्टरनेट समस्याको समाधान हुन सक्छ । आफू डाक्टर नभए पनि इन्टरनेट बाटै एक जना विमारीको लागि आफनो डाक्टर साथी संगको सल्लाहले विमारीको उपचार फोक्सुण्डोमै गरेको अनुभव बताउदै, उच्च गतिको इन्टरनेटका लागि वल्र्डलिंकले डोल्पा जिल्ला सम्म फाइबर विस्तार गर्न तयार रहेको तर सो का लागि सरकारले पूर्वाधारको विकास विस्तार गर्नुपर्छ ।’ फोक्सुण्डो सम्म इन्टरनेट पुरयाउन वल्र्डलिंकले विभिन्न ११ स्थानमा टावर जडान गरेको पनि उनले बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK