
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सिभिल बैंकको नाफा बढेको छ । बैंकको नाफामा ३९.३९% अर्थात ५० करोड २५ लाख ५५ हजार रुपैयाँको आकर्षक वृद्धि भएको हो । गत वर्षको सोहि अवधिमा बैंकले ३६ करोड ५ लाख ३३ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
सार्वजनिक वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८१ पैसा र प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ३ पैसा छ । यस्तै वितरण योग्य नाफा ३० करोड ७७ लाख ९५ हजार रुपैयाँ रहेको छ । बैंकको सञ्चालन नाफा पनि २६.४२% ले बढेर ६८ करोड १० लाख ६० हजार रुपैयाँ पुगेको छ ।
खराब कर्जा पनि १.८३% ले घटेर १.१३% मा आएको छ । यता बैंकको खुद ब्याज आम्दानी भने ९.८६% ले घटेर १ अर्ब ५४ करोड ३ लाख ८६ हजार रुपैयाँमा सीमित भएको छ । बैंकको चैत मसान्तसम्म निक्षेप संकलन ७१.०२% र कर्जा लगानी ५१.६६% ले बढेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्