×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिटिजन्स बैंक र दरबारमार्गस्थित किङ्गस् लाउञ्जबीच सम्झौता, बैंकका ग्राहकले विशेष छुट पाउने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले दरबारमार्गस्थित किङ्गस् लाउञ्जमा विशेष छुट पाउने भएका छन् । आइतबार बैंक र लाउञ्जबीच सिटिजन्स बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने सम्झाैता भएको हाे । यो सम्झाैता पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरु किङ्गस् लाउञ्जमामा कार्डबाट भुक्तानि गर्दा केही प्रतिशत छुट पाउनेछन् । बैंकको कार्ड नभएका ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । 
साथै बैकले हालैमा युएसइडी इकम कार्डको सुरुवात गरेको छ जस अन्तर्गत ग्राहकहरुले आफ्नो सिटिजन्स बैंकको खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी वार्षिक ५०० अमेरिकी डलर बराबर सम्मको रकम कार्डमा लोड गर्न सक्नेछन् । बैंकले आफ्ना १६७ वटा शाखा, ११३ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे नौ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: