×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालिका लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा कृष्ण बहादुर खाँण, सञ्चालकमा ५ जना निर्वाचित

PRIME CA

कालिका लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा कृष्ण बहादुर खाँण, सञ्चालकमा ५ जना निर्वाचित

९ बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा कृष्ण बहादुर खाँण निर्वाचित भएका छन् । बैशाख ७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले खाँणलाई अध्यक्ष पदमा चयन गरेको हो । बैशाख ७ गते सम्पन्न संस्थाको १०औं र ११औं साधारणसभाले समितिमा ६ जनालाई चयन गरेको थियो ।
यससँगै, संस्थापक समूहको प्रतिनिधित्व गर्ने गरी ३ जना र सर्वसाधारण समूहको प्रतिनिधित्व गर्ने गरी २ जनालाई सञ्चालकमा चयन गरेको हो । संस्थापक समूहबाट विकास गौचन, शान्ता कुमारी पोखरले उप्रेती र चन्द्र बहादुर क्षेत्री सञ्चालकमा निर्वाचित भएका छन् । त्यस्तै, सर्वसाधारण समूहबाट विश्वराज नेपाल र केशव नारायण प्रधान सञ्चालकमा निर्वाचित भएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: