×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैशाख २२ गतेदेखि नेपाल बैंकको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्र आउँदै, ब्याजदर कति ?

PRIME CA

वैशाख २२ गतेदेखि नेपाल बैंकको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्र आउँदै, ब्याजदर कति ?

१० बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । वैशाख २२ गतेदेखि नेपाल बैंक लिमिटेडले ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्र बिक्री गर्ने भएको हो । जसमा १४ लाख इकाई सर्वसाधारण छुट्टयाईएको छ भने बाँकी २१ लाख इकाई अन्य संघसंस्थालाई बिक्री गर्नेछ । 
सर्वसाधारणलाई जारी हुने ऋणपत्रमध्ये ५% अर्थात ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा १५ हजार कित्ता बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी १३ लाख ८५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । वार्षिक ब्याजदर ८.५०% तोकिएको छ । 
बैंकले ‘८.५०% नेपाल बैंक ऋणपत्र २०८७’ जारी गर्न लागेको हो । सो ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँ दरले न्यूनतम २५ इकाईदेखि अधिकतम ३ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । 
मेरो सेयर एपबाट पनि डिबेन्चरमा आवेदन दिने व्यवस्था गरिएको छ । सो ऋणपत्रमा वैशाख २६ गतेसम्म आवेदन दिन सकिनेछ भने उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने जेठ ५ गतेसम्म खुला रहनेछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिंङले गर्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: