×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

आरम्भ चौतारी लघुवित्तको नाफामा १९१.५५% को बढोत्तरी, प्रतिसेयर आम्दानी र जगेडा कोषमा कति ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले पनि तेस्रो त्रैमासमा ७ करोड ८३ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा १९१.५५% ले बढाएर ७ करोड ८३ लाख ३६ हजार रुपैयाँ कमाएको जनाएको हो । कम्पनीले गत वर्षको यसै अवधिमा २ करोड ६८ लाख ६८ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । 
कम्पनीका अनुसार खुद ब्याज आम्दानी ११९.१७% र सञ्चालन नाफा १८५.५८% ले बढेको छ । यस्तै यस अवधिसम्म आउँदा कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ३६ रुपैयाँ ४२ पैसा र प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ३१ पैसा रहेको छ ।
चैत मसान्तसम्म संस्थाको चुक्ता पुँजी ३८ करोड ६७ लाख ६३ हजार रुपैयाँ र जगेडा कोषमा १९ करोड ९० लाख २० हजार रुपैयाँ रहेको छ । यस्तै यसअवधिमा १ अर्ब १७ करोड ८६ लाख ९१ हजार रुपैयाँ निक्षेप संकलन गरेर ३ अर्ब ९० करोड ६६ लाख ४६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: