×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

EXCLUSIVE: भिम रावलले झिकेको भनिएकोनेकपाको ३० लाख रुपैयाँ व्यक्तिका नाममा कसरी पुग्यो ? (प्रमाणसहित)

  • अर्थ सरोकार सम्बाददाता
धनगढी । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपाको खाताबाट भिम रावलले झिकेको ३० लाख रकम दिनेशचन्द्र सुवेदीको व्यक्तिगत खातामा रहेको रहस्य खुलेको छ । अर्थ सरोकार डटकमले प्राप्त गरेको कृषि बिकास बैंकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा), सुदूरपश्चिम प्रदेश कमिटी, धनगढीलाई पठाएको पत्रमा भएको जानकारीले यस्तो रहस्य खुलाएको हो ।
हेर्नुहोस् पत्र :
पुस १३ गते पार्टीको खातामा रहेको ३० लाख रकम सुवेदीको ०८२१९०१२७५८७६०१७ नम्बरको खातामा रकमान्तर गरीएको कृषि बिकास बैङ्क धनगढीले जनाएको छ । आवश्यक प्रक्रिया पुर्याएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को २८२२५०१२६५४७७०१४ नम्बरको खाताबाट सुवेदीको नाममा रकम पठाइएको बैङ्कले पुष्टि गरेको छ । सुवेदी पार्टीका कार्यालय सचिव थिए । पार्टीभित्र विवाद बढ्दै गएपछि सुदूरपश्चिम इन्चार्ज रहेका भीम रावले एकलौटी रूपमा खाताबाट रकम झिकेको आरोप लागेको थियो । 
संस्थागत निर्णय नगरी दिनेशचन्द्र सुवेदीले पार्टीको पैसा चोरेर व्यक्तिगत खातामा जम्मा गरेको प्रतिनिधि सभा सदस्य नारदमुनि रानाको आरोप छ ।‘भीम रावलको ठाडो निर्देशनमा दिनेश सुबेदीले पार्टीको खाताबाट पैसा चोरेको हो ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने । तर दिनेशचन्द्र सुबेदीले भने कृषि बिकास बैंकमा पैसा नभएको दाबी गरेका छन् । ‘केन्द्रबाट पार्टीको खाता रोक्ला जस्तो भएको थियो र खातामा मेरो र सचिवको साइन चल्ने भएर कृषि बिकास बैंकबाट निकालेर नेपाल बैंक लिमिटेडको खातामा जम्मा गरेको हो र त्यो रकम अहिले पनि यथावत छ ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने । 
नेता रावलले पैंसा निकालेको स्वीकार गर्दै धनगढीमा आयोजित एक कार्यक्रममा भनेका थिए, ‘हाम्रो प्रदेश समिति सचिव र कार्यालय सचिवले पार्टीको काम विशेषले र हाम्रो आवश्यकताले रकम अर्को ठाउँमा पठाएका छौं, केही रकम हाम्रो काममा खर्च भयो ।’ नेता रावलमाथि एमाले र माओवादी केन्द्र ब्युँतिन अघि नै सुदूरपश्चिम कमिटीको बैँक खातामा रहेको ३० लाख रुपैयाँ झिकेर हिनामिना गरेको आरोप लागेका थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: