
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा नेपाल निर्माण व्यवसायी महासंघका पुर्व अध्यक्ष जिपछिरीङ लामा शेर्पाले सरकार व्यवसायीमैत्री नभएको बताउनुभएको छ । आइतबार नेपाल निर्माण व्यवसायी महासंघको २२औँ साधारण सभा समुद्घाटन समारोहमा बोल्दै सांसद शेर्पाले सरकार निर्माण व्यवसायी मैत्री नभएको बताउनुभएको हो । अहिलेको नियमावली तथा खरिद ऐनले सरकारले राखेको समृद्धिको लक्ष्य हासिल हुन नसक्ने उहाँको भनाई छ ।
नेपालको विकास निर्माणको काममा लागेका विदेशी कम्पनीहरुले ढिलो कार्यसम्पादन गर्दापनि कारबाही नहुने गरेको तर नेपाली निर्माण व्यवसायीलाई भने कारबाही गरिने गरेको भन्दै उहाँले निर्माण व्यवसायीहरु माथि विभेद भएको बताउनुभयो । उहाँले व्यवसायीमैत्री नीति बनाउनको लागि आगामी निर्वाचनमा चुनाव लड्नपनि सबै व्यवसायीहरुलाई आव्हान गर्नुभयो ।
पुर्व भौतिक मन्त्री बीरबहादुर बलायरले निर्माण व्यवसायी र राज्यको विचमा सुमधुर सम्बन्ध नभएमा पुर्वाधारहरुको निर्माण हुन नसक्ने बताउनुभयो । पुर्वाधारको निर्माण गर्दा सर्वप्रथम राज्यले देशको आवश्यकतालाई पहिचान गर्नुपर्ने उहाँको भनाई छ । राज्य संरक्षक र निर्माण व्यवसायीले जिम्मेवार ढंगले काम गर्नुपर्नेमा उहाँको जोड छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले कोभिड १९ कोरोना भाइरस संक्रमणका कारण भएको लकडाउन पछि निर्माण व्यवसायी थला परेकाले निर्माण व्यवसायलाई सुचारु गराउनको निम्ति राज्यले उचित किसिमको बातावरण बनाउनुपर्ने बताउनुभयो ।
उहाँले निर्माण व्यवसायसँग सम्बन्धित नीति, नियम र नियमावलीहरु व्यवसायीमैत्री बनाएर संशोधन गर्नुपर्ने पनि बताउनुभयो । सार्वजनिक खरिद नियमावली अनुरुपको बैंक क्रेडिट लाइनको व्यवस्थालाई खारेज गरिनुपर्ने उहाँको भनाई छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्