Skip to content
LAXMI SUNRISE BANK

इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लिमिटेडको दोस्रो साधारणसभा सम्पन्न

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लिमिटेडको दोस्रो साधारणसभा सम्पन्न भएको छ। संस्थाको केन्द्रीय कार्यालय काठमाडौंको नक्सालस्थित भीम प्लाजाबाट वेविनार प्रविधिमार्फत कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष राजुरमण पौडेलले गरेका थिए । 
कार्यक्रममा शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका कार्यकारी अधिकृत विजयबहादुर शाह, मेटलाइफ एलिकोका प्रमुख कार्यकारी अधिकृत निर्मलकाजी श्रेष्ठ, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीको आतिथ्यता रहेको थियो । सभामा नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार खत्री तथा प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रसाद पौडेलको पनि उपस्थिति रहेको थियो।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK