×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अजोड इन्स्योरेन्स लिमिटेडमा भएको ‘इन्साइडर ट्रेडिङ’ प्रकरण : छानबिन गर्न नेपाल धितोपत्र बोर्डले गर्यो समिति गठन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

अजोड इन्स्योरेन्स लिमिटेडमा भएको ‘इन्साइडर ट्रेडिङ’ प्रकरण : छानबिन गर्न नेपाल धितोपत्र बोर्डले गर्यो समिति गठन

२३ चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददता 
ठमाडौं । केहिदिन अघि अजोड इन्स्योरेन्समा भएको ‘इन्साइडर ट्रेडिङ’ बारे छानबिन हुने भएको छ । कम्पनीमा भएको ‘इन्साइडर ट्रेडिङ’ को छानबिन गर्न नेपाल धितोपत्र बोर्डले समिति गठन गरेको छ । बोर्डले सञ्चालक अम्बिका गिरीको संयोजकत्वमा ४ सदस्यकाे छानबिन समिति गठन गरेको स्रोतले बताएको छ । सो समितिलाई बोर्डले अजोडमा भएको ‘इन्साइडर ट्रेडिङ’ को यथासिघ्र छानबिन गरि प्रतिवेदन बुझाउन निर्देशन दिएकाे छ । 
गत सोमबार एउटै ब्रोकरबाट २५ प्रतिशतभन्दा बढी कारोबार हुनु, सार्है कमजोर मानिएको कम्पनीको भाउमा ९.९६ प्रतिशतको वृद्धि हुनु र भोलिपल्ट पूँजी थप देखि चुक्तापुँजीको ५० प्रतिशत अर्थात प्रत्येक २ कित्ता सेयरबराबर थप १ कित्ताका दरले हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्ने भन्दै साधारणसभामा एजेन्डा राखिएको सूचना आउनुले कम्पनीभित्रको चलेखेल भएको खबर बाहिरिएको थियो । 
सोमबार अजोड कारोबार रकमका आधारमा पहिलो नम्बरमा नै देखिएको थियो भने कारोबार सेयर संख्याका आधारमा दोस्रो नम्बरमा देखिएको थियो । सो प्रकृति हेर्दा कम्पनीको सेयरमा इन्साइडर ट्रेडिङ भएको विज्ञहरु बताउँछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: