×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अनिल शाहले दुमन थापाविरुद्ध हालेको मुद्धा जिते, यस्तो छ `लफडा´को नालीबेली…

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले लेनदेनसँग सम्बन्धित एक मुद्दा जितेका छन् । मेगा बैंक संचालनमा आउँदै गर्दा दुमनसिंह थापासँग भएको लेनदेनको मुद्दा शाहले जितेका हुन् । शाह मेगा बैंक स्थापनाका लागि संस्थापक सीइओ भएर गएका थिए । सोहि बेला दुमन सिंह थापाले बैंकमा झन्डै २ करोड रुपैयाँ लगानी गर्ने भएका थिए । जसमा शाहले पनि विभिन्न सर्तसहित एक करोड रुपैयाँ दिएका थिए ।
मेगा बैंक संचालनमा आएर सेयर बिक्री गर्न मिल्ने भएपछि शाहको नाममा नामसारी गर्ने, लाभांश, बोनस सेयरलगायतको आम्दानी पनि शाहलाई दिने करार भएको थियो । बैंक संचालनमा आएर कारोबार हुन थालेपछि शाहले एक लाख कित्ता लगानी गर्न दिएको सेयर संख्या बढेर एक लाख १८ हजार ५४४ कित्ता संस्थापक र ४४ हजार १५७ कित्ता सर्वसाधारण सेयर पुगेको भएपनि उनले पाएनन् ।
सर्तअनुसार केहि नभएपछि साहले थापाविरुद्द अदालतमा मुद्दा हालेका थिए । उनले संस्थापक सेयरको प्रचलित बजार मूल्य १०८ रुपैयाँ प्रतिकित्ता र साधारण सेयरको १९९ रुपैयाँ पर्ने दाबीसहित मुद्दा हालेका थिए । साथै नगद लाभांशको पनि हिसाब गरेका थिए । कुल दावी २ करोड २७ लाख ४ हजार ४९५ रुपैयाँ थियो भने यसबाहेक १० प्रतिशत क्षतिपुर्ति पनि दावी गरेका थिए। थापा मेगाका संस्थापक सेयरधनि हुन् भने शाह हाल नबिल बैंकमा सीइओको जिम्मेवारीमा छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: