×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकका प्रदेश १ का १६ वटै शाखाले सामाजिक कार्यक्रमको आयोजना गरी मनाए २०औं वार्षिकोत्सव

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलवार

PRIME CA
laxmi sunrise bank

कुमारी बैंकका प्रदेश १ का १६ वटै शाखाले सामाजिक कार्यक्रमको आयोजना गरी मनाए २०औं वार्षिकोत्सव

  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । कुमारी बैंकले आफ्नो २०औं वार्षिकोत्सव देशभरका शाखाहरुबाट सामाजिक कार्यक्रमहरुको आयोजना गरेर मनाएको छ । बैंकले आफ्नो प्रदेश– १ रहेका १६ वटै शाखाहरुबाट मन्दिर तथा स्थानीय परिसर सरसफाई तथा हरियाली संरक्षण कार्यक्रमहरु सम्पन्न गरेको छ । यसै सन्दर्भमा बैंकको पथरी शाखाले शनिश्चरे स्थित सेल्फी रोडमा डस्टबिन वितरण, उर्लाबारी मङलबारेस्थित श्री ॐ महायोगी गुरु शिव गोरक्षनाथ सिद्ध गोरक्ष योगपिठ सिद्दाश्रम नेपाल मन्दिर परिसरमा वृक्षारोपण तथा डस्बिन वितरण गरेको छ ।
बैंकले वातावरण प्रतिको जिम्मेवारी बहन गर्नु नै समाजमा प्रभावकारी परिवर्तनको प्रधान वाहक रहेको कुरालाई आत्मसाथ गर्दै सो कार्यक्रमहरु गरेको हो । वार्षिकोत्सवको उपलक्ष्यमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश– १ रहेका १६ वटै शाखाहरुबाट बैंकले वृक्षारोपण एवं सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
बैंकले १९२ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखारहित बैंकिङ ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: