Skip to content
LAXMI SUNRISE BANK

छि ! यस्तो जुस के खानु ! बिगमार्टबाट किनेको डाबर नेपालको रियल जुसमा बच्चा जस्तो देखिने दुर्गन्धित बस्तु !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । जुसभित्र अबोर्सन गरेर फालिएको बच्चाजस्तै देखिने दुर्गन्धित बस्तु देखियो भने तपाईंलाई कस्तो लाग्ला ? हो काठमाडौँमा यस्तै देखिएको छ । काठमाडौंको अनामनगरस्थित बिगमार्ट प्रालिबाट बिक्री भएका डाबर जुसका प्याकेटहरुमा यस्तो देखिएको हो  । अनामनगर निवासी २७ वर्षीया एक गर्भवती महिलाले केही दिनअघि बिगमार्टबाट उक्त जुस खरिद गरेकी थिइन् । जुस सेवन गर्नेबितिकै उनले बान्ता गरेकी थिईन् ।
केही दिनमा फेरि सोही जुस पिउन भन्दै बोटलबाट गिलासमा खन्याउने क्रममा बट्टामा हल्लिएजस्तो आवाज आएपछि बट्टा चक्कुले चिरेर हेर्दा त्यसभित्र भ्रुणजस्तो देखिने बस्तु फेला परेको हो । त्यसपछि परेको उजुरीका आधारमा बिगमार्टमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले छापा मरी त्यस्ता जुसका सबै प्याकेटहरु नियन्त्रणमा लिएको छ। डाबरको रियल फ्रुट पावर लेखिएको पोमिग्रेनेट नामक एक लिटरको जुसमा यस्तो अखाद्य पदार्थ भेटिएको हो ।
सोमबार दिउँसो करिब ४ बजेतिर विभागका अधिकारीले बिगमार्टमा छापा मारेका हुन् । जुस सेवन गरेपछि उनले अत्यन्तै बान्ता गरेकी थिइन् ।
‘जुस पिएपछि असाध्यै बान्ता भयो । केही दिन त मलाई यो जुसप्रति कुनै शंका थिएन । जब मैले अर्को पटक सोही जुस पिउनका लागि बोटलबाट गिलासमा खन्याएँ, तब बट्टाभित्र केही हल्लिएजस्तो आवाज आयो । बट्टाभित्र के छ भन्ने लागेपछि मैले चक्कुले चिरेर हेरेँ । त्योभित्र मानिसको पेटमा रहेको बच्चाजस्तो वस्तु देखेपछि विभिन्न निकायलाई खबर गरेँ ।’ उनले भनिन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK