×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

LAXMI SUNRISE BANK ltd

अरुण भ्याली हाइड्रोपावरले सोमबारदेखि ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर बिक्री खुला गर्दै, कहाँबाट भर्न पाइन्छ ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भोलि सोमबार (वैशाख ६ गते)देखि जारी गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ५०% अर्थात् ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर जारी गर्ने भएको हो । कम्पनीले हकप्रद सेयरका लागि चैत ९ गते बुक क्लोज गरिसकेको छ भने चैत ८ गतेसम्म कायमले सो हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
यता हकप्रद सेयरमा लगानीकर्ताले वैशाख २६ गतेसम्म आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई तोकिएको छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ट्रेड टावर, थापाथली, मुक्तिनाथ विकास बैंकको इटहरी, इलाम, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत आवेदन दिन सकिनेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: