
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । गोपनियता भंग गरेको भन्दै मेगा बैंक नेपाल लिमिटेडका एक कर्मचारीले एभिन्युज टेलिभिजनविरुद्ध मुद्धा हालेका छन् । मेगा बैंकका सहायक महाप्रबन्धक अमित श्रेष्ठले एभिन्यूज टेलिभिजनका अध्यक्ष भाष्करराज राज कर्णिकार, समाचार प्रमुख केदार कोइराला र पत्रकार सुमन ढुंगाना विरुद्ध मुद्धा हालेका हुन् ।
केहि दिनअघि टेलिभिजनको कार्यक्रम ‘खबर भित्रको खबर’मा ‘मेगा बैंकभित्र सेटिङको अडियो रेकर्ड’ भन्दै कार्यक्रम प्रशारण भएको थियो । सो कार्यक्रमले आफ्नो गोपनियताको अधिकारमाथि धावा बोलेको भन्दै मेगा बैंकका श्रेष्ठले टेलिभिजनका ३ जनालाई विपक्षी राखेर जिल्ला अदालत काठमाडौँमा मुद्धा दायर गरेको ढुंगानाले बताएका छन् ।
एभिन्यूज टेलिभिजनका पत्रकार सुमन ढुंगानाले भने आफुले प्रमाणसहित समाचार प्रशारण गर्दा बैंकका सहायक महाप्रबन्धक आत्तिएर मुद्धामामिलातर्फ लागेको दाबी गरेका छन् । ‘समाचार रोक्न धेरै ठाउँबाट दबाब आएको थियो । तर हामी रोकियेनौं । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै पत्रकार ढुंगानाले भने, ‘गोपनियता भंग गरेको भन्दै जिल्ला अदालत, काठमाडौँमा मुद्धा हालिएको रहेछ ।’
यता उनले बैंकिङ कसुर गरेको बैंककै कर्मचारीले बोलेको अडियो सार्बजनिक गर्दा आफुविरुद्ध मुद्धा पर्दा पनि पत्रकार महासंघ नबोलेको प्रति दुख व्यक्त गरेका छन् । ‘बैंककै कर्मचारीले बोलेको अडियो सार्वजनिक गर्दा म, हाम्रो खबर प्रमुख र अध्यक्ष बिरुद्द मुद्दा हालेकोबारे पत्रकार महासंघ नबोलेको देख्दा अचम्मित छु । तर हामी आफ्नै हिसाबले यो प्रकरणमा लड्नेछौं ।’ उनले भने।
यता यस विषयमा बुझ्न हामीले मेगा बैंकका सहायक महाप्रबन्धक अमित श्रेष्ठलाई सम्पर्क गरेका थियौं । तर उनको फोन उठेन । बैंक पनि यस विषयमा आफुलाई थाहा नभएको बताउंदै आएको छ । श्रेष्ठले फोन नउठाएपछी हामीले बैंककै एक उच्च अधिकारीलाई फोन गरेका थियौं । ‘बैंकले कसैलाई मुद्धा हालेको छैन ।’ ती अधिकारीले भने, ‘कसैले व्यक्तिगत गोपनियताको हक विरुद्ध भयो भनेर मुद्धा हालेको होला ।’
यसअघि पनि मेगा बैंकबारे टेलिभिजनले कपोकल्पित समाचार सार्वजनिक गरेको भन्दै बैंकले प्रेस बिज्ञप्तिसमेत जारी गरेको थियो । मेगा बैंक सो प्रकरणमा प्रेस काउन्सिल पनि पुगेको थियो । त्यसपछि टेलिभिजनले अर्को अंक पनि बैंकको सेटिङ भन्दै फलोअप समाचार बजाएपछी बैंक अदालत गएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्