
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । राष्ट्रिसभा सदस्य तथा गृहमन्त्री राम बहादुर थापा पदमुक्त भएका छन् । नेकपा माओवादी केन्द्रको तर्फबाट राष्ट्रियसभामा निर्वाचित थापा पदमुक्त भएको संसद सचिवालयले जनाएको छ ।
संघीय संसद्को सूचनामा भनिएको छ, ‘नेपालको संविधानको धारा ८९ को खण्ड (ङ) बमोजिम राष्ट्रिय सभा सदस्य माननीय रामबहादुर थापा मगरको पद रिक्त हुन आएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७५ को दफा ३५ को उपदफा (२) तथा राष्ट्रिय सभा नियमावली २०७५ को नियम १८६ को उपनियम (२) बमोजिम राष्ट्रिय सभाका सम्मानीय अध्यक्षबाट स्वीकृत भए बमोजिम यो सूचना प्रकाशित गरिएको छ।’
सांसदबाट पदमुक्त भएसँगै थापाको गृहमन्त्री पद पनि स्वतः गएपछि आजै गृहमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिने भएका छन् । सांसद नभएपनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाअनुसार उनले पुनः गृहमन्त्रीको रुपमा शपथ लिन लागेका हुन् । आइतबार साँझ राष्ट्रपति भवन शीतल निवासमा उनको शपथको कार्यक्रम राखिएको जनाइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्