
- अर्थ सरोकार सम्बाददाता
बागलुङ । गर्मीयाम शुरु भएसँगै दैनिकजसो आगलागीका घटना भइरहेका छन् । पछिल्लो समय बागलुङमा ३० वटा वनमा आगलागी भएको छ । विभिन्न वन तथा घर गोठमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । जिल्ला डिभिजन वन कार्यालयका अनुसार जिल्लाका ३३० हेक्टर क्षेत्रफलमा आगलागी भएको छ । ढोरपाटन शिकार आरक्षका बुँकी क्षेत्र, गलकोटको घुम्टे, रेश सिगानाको बुछुङ सल्लेरी सामुदायिक वन, मालिका सामुदायिक वनसहितमा आगलागी भएको सो कार्यालयका सहायक वनअधिकृत मदन कँडेलले जानकारी दिनुभयो ।
लामो समयको खडेरी र मानवीय लापरवाहीका कारण वर्षेनी आगलागीका घटना हुने गरेको उहाँको भनाइ छ । जिल्लामा सबैभन्दा बढी काठेखोलाको धम्जा, गलकोट र बरेङ गाउँपालिकाको जङ्गलमा आगलागी भएको सहायक वनअधिकृत कँडेलले बताउनुभयो । ‘लामो समयदेखि खडेरी परेको छ, खेडरीले गर्दा सबै पातपतिङ्गर र काठजन्य वस्तु सुकेका हुन्छन्, थोरै सर्तकता नअपनाउँदा आगलागी भइहाल्छ, यस्तो समयमा निकै संयमता अपनाउनुपर्छ’, उहाँले भन्नुभयो, ‘स्थानीयवासी सचेत नभएसम्म आगलागीका घटना भइरहन्छ ।’ नेपालमा डढेलो ९५ प्रतिशत मानवीय कारणले लाग्ने गरेको पाइएको छ ।
बागलुङमा अन्य कारणभन्दा मानवीय लापरवाहीका कारणले गर्दा आगलागीका घटना हुने गरेको सहायक वन अधिकृत कँडेलले बताउनुभयो । आगलागीको घटना न्यूनीकरणका लागि कार्यालयले समुदायमा जनचेतनामूलक कार्यक्रम गर्दै आएको उहाँको भनाइ छ । चालू आर्थिक वर्षको हालसम्म आगलागीबाट रु १ करोड ८७ लाख ६३ हजार ५०० बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकबाल हवारीका अनुसार आठ महिनाका अवधिमा आगलागीमा परी तीन जना घाइते, २९ चौपायाको मृत्यु र १८ चौपाया घाइते भएका छन् । त्यस्तै १९ घर र १५ गोठ पूर्णरुपमा जलेर नष्ट भएको जनाइएको छ । रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्