
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो डिजिटल कारोबार क्यूआर कोड विस्तारित गर्ने क्रममा कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजारमा डिजिटल भुक्तानी क्यूआर कोड सेवाको चैत्र २७ गते शुक्रबार एक औपचारीक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलले उद्घाटन गरेका हुन् । उक्त शुभारम्भ कार्यक्रम कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सहायक कार्यकारी निर्देशक अर्जुन अर्याल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तको आतिथ्यतामा सम्पन्न भएको हो ।
उक्त औपचारिक शुभारम्भ कार्यक्रममा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलले फलफूल तथा तरकारी खरिद गरी डिजिटल तवरले क्यूआर कोड स्क्यान गरी भुक्तानी गरेका हुन् । उक्त कार्यक्रममा सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलले डिजिटल तवरले भुक्तानी गर्ने व्यवस्था मिलाएकोमा बैंक अफ काठमाण्डू लिमिटेड र कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई धन्यवाद दिए ।
यस्तैबैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तले यस नगदरहित कारोबारको अभियानलाई बैंकले प्राथमिकतामा राखेर अगाडी बढाईरहेको जानकारी दिए । साथै उक्त कार्यक्रममा कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सहायक कार्यकारी निर्देशक अर्जुन अर्यालले डिजिटल भुक्तानी प्रणालीको व्यवस्थापनमा सहयोग गरेकोमा बैंक अफ काठमाण्डू लिमिटेडलाई धन्यवाद दिए । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्