Skip to content
LAXMI SUNRISE BANK

शनिबार र आइतबार पनि बैंकहरु खुल्ने !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । भोलि शनिबार र पर्सि आइतबार बैंक तथा वित्तीय संस्था खुला हुने भएका छन् । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै चैत २५ गते पछाडि सार्वजनिक विदा परेका दिनमा बैंक तथा वित्तीय संस्थालाई शाखा खोल्न निर्देशन दिएको हो ।
राजश्व संकलन गर्ने आन्तरिक राजश्व कार्यालयहरु, करदाता सेवा कार्यालयहरु, भन्सार कार्यालयहरुको राजश्व बुझ्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकलगायत राजश्व कारोबार गर्ने सम्पूर्ण बैंकहरु, चेक क्लियरिङ गर्ने प्रयोजनका लागि अन्य बैंक तथा वित्तीय संस्थाहरु एवम् नेपाल क्लियरिङ हाउस पूर्णकालीन रुपमा खुला गरी राजश्व बुझाउने व्यवस्था गर्न र गराउन राष्ट्र बैंकले आग्रह गरेको हो । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK