×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसूरको मुद्दामा फरार रहेका एक प्रतिवादी पेप्सीकोलाबाट पक्राउ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बैंकिङ कसूरको मुद्दामा फरार रहेका एक प्रतिवादी पेप्सीकोलाबाट पक्राउ

२३ चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सो मुद्दामा फरार रहेका खोटाङ रुपाकोट मझुवागढी नगरपालिका-१५ का बरुण ढकाललाई काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरेको हो । 
उनीविरुद्ध उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा गत पुस १५ गते ५ दिन कैद र ६१ लाख ५५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । ढकालले मिति २०७५ चैत २० गते कुमारी बैंकमा रहेको आफ्नो खातामा पर्याप्त रकम नहुँदा पनि कमला कुमारी राईलाई ५६ लाख १५ हजार र कल्पना कुमारी राईलाई ५ लाख ४० हजार रुपैयाँको चेक दिएका थिए । 
उच्च अदालतले बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५ (१) अनुसार क्रमश: दिन कैद र ५६ लाख १५ हजार जरिवाना तथा २ दिन कैद र ५ लाख ४० हजार जरिवाना गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: