×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन, ‘भीडभाड नगर्नू, एटिएममा सेनिटाईजर राख्नू…’ (पत्रसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन, ‘भीडभाड नगर्नू, एटिएममा सेनिटाईजर राख्नू…’ (पत्रसहित)

६ बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोनाको प्रकोप बढेसँगै बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले ९ बुँदे निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज ९ बुँदे निर्देशन जारी गर्दै पूर्ण सजगताका साथ कारोबार सञ्चालन गर्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ ।
विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवाप्रवाह गर्न, सेवा प्रवाहका क्रममा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राही संक्रमणको जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्न निर्देशन दिएको छ भने सेवाग्राहीको भिडभाड नहुने व्यवस्था मिलाउन, भौतिक दूरी काम गर्न तथा यथासम्भव विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न-गराउन राष्ट्र बैंकको निर्देशन छ ।
राष्ट्र बैंकले एटीएम प्रयोगबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राख्न तथा सेनिटाइजरको व्यवस्था गर्न पनि भनेको छ । त्यस्तै, बैठक, गोष्ठी, सेमिनार, तालिमलगायत कार्यक्रममा पर्याप्त भौतिक दूरी कायम राख्न र सकेसम्म यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट गर्न निर्देशन दिइएको छ । त्यसैगरी, रिमोट एसेस, वर्क फ्रम होम, सिफ्टवाइज वर्क जस्ता उपाय अवलम्बन गर्न राष्ट्र बैंकको निर्देशन छ । 
संक्रमणको शंका लागेका बिरामीलाई तत्काल आइसोलेट गरी परीक्षण गर्न र कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीलाई क्वारेन्टिनमा राख्‍नसमेत निर्देशन गरिएको छ । कोभिड–१९ सुरक्षा व्यवस्थापन समूह गठन गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: