×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४२ करोडको लागतमा पाँच पुल निर्माण हुने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

४२ करोडको लागतमा पाँच पुल निर्माण हुने

Artha Sarokar

९ बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

वीरगञ्ज । प्रदेश नं २ अन्तर्गत बारा र पर्साको ग्रामीण भेगमा रु ४२ करोडको लागतमा पाँच पुल निर्माण हुने भौतिक पूर्वाधार विकास कार्यालय वीरगञ्जले जनाएको छ । पुल निर्माणका लागि बोलपत्र आह्वान गरी ठेकेदार छनोट प्रक्रिया अघि बढाइएको कार्यालयका सूचना अधिकारी दीपक मिश्रले बताउनुभयो । निर्माण हुने ती पाँचवटै पुलको प्राविधिक मूल्याङ्कन सकेर प्रदेश नं २ सरकारको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयसँग स्वीकृतिको लागि फाइल पठाइएको र स्वीकृत भएर आएपछि वित्तीय मूल्याङ्कन गरी ठेकेदार छनोट गरिने सो कार्यालयले जनाएको छ ।
निर्माण हुने ती पाँच पुलमध्ये १२ करोडको लागतमा पर्साको रविदास–वञ्जारी जोड्ने सिकटा खोलामा निर्माण हुनेछन् । सो पुलको लम्वाइ ५० मिटर र चौडाई सात मिटर छ । मसियानी जगरनाथपुरको मध्यभागमा मधुवाहा खोलामा रु आठ करोडको लागतमा ४० मिटर लम्बाइ र सात मिटर चौडाइको सो पुल निर्माण हुनेछन् । बाराको कलैया-प्रस्टोका सडकखण्डअन्तर्गत रु साँढे ६ करोडको लागतमा संसारी माई खोलामा पुल बन्ने छन् । जसको लम्बाइ २५ मिटर र चौडाइ सात मिटर रहेको छ ।
यसैगरी बाराको टियर खोलामा रु आठ करोडको लागतमा पुल निर्माण हुनेछन् । इटहरी बेलाही सडक खण्डमा निर्माण हुने सो पुलको लम्बाइ ५० मिटर र चौडाइ सात मिटर हुनेछन् । बारागढी-टेढाकट्टी सडक खण्डको चिउटाहा खोलामा रु आठ करोडको लागतमा अर्को पुल बन्ने छन् । सो पुलको लम्बाइ ४० मिटर र चौडाई सात मिटर रहने छन् । बारा र पर्सामा निर्माण हुने सो पाँचवटा पुल निर्माणको लागि ठेक्का प्रक्रिया अघि बढाउन २ करोड निकासा भइसकेको र सो पुल निर्माणको ठेक्का साकार भइसकेपछि बाँकी बजेट प्रदेश नं २ सरकारले पठाउने कार्यालयले जनाएको छ । पर्सा र बारामा बन्न लागेको सो पुलको निर्माण भएपछि त्यस भेगका मानिसलाई आवतजावत गर्न सहज हुने विश्वास लिइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी