
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले एकैसाथ थप ७ वटा शाखा कार्यालयहरु विस्तार गरेको छ । कम्पनीले झापा जिल्लाको धाईजन, मोरङ्गको भाथिगछ, सुनसरीको भिमपुर, सप्तरीको बलुवा, चितवनको रत्ननगर, सिन्धुपाल्चोकको पाटीभञ्ज्याङ्ग र कपिलवस्तुको बहादुरगञ्जमा नयाँ शाखा कार्यालयहरु स्थापना गरेको हो ।
काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको सिभिल लघुवित्त वित्तीय संस्थाले यसअघि २९ जिल्लामा रहेको ५५ वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आइरहेकोमा अब ६२ वटा शाखा कार्यालयहरुमार्फत लघुवित्तीय सेवाहरु प्रदान गर्नेछ ।
वित्तीय संस्थाले लघु उद्यम व्यवसाय सञ्चालन गराउन न्यून आय तथा विपन्नवर्गका व्यक्तिहरुलाई संस्थाको सदस्यता दिई विना धितो सामूहिक जमानीमा वा स्वीकारयोग्य धितोमा साथै समूहमा आवद्ध हुन नसकेका व्यक्तिहरुलाई समेत स्वीकार योग्य धितो लिई सरल तरीकाबाट वित्तीय पहुँच पुरयाउदै आइरहेको छ । साथै, संस्थाले लघु बचत, लघुवीमा, विप्रेषण सेवाहरु उपलब्ध गराउदै स्वास्थ्य, शिक्षा तथा वित्तीय साक्षरता जस्ता गैर वित्तीय सेवाहरु समेत उपलव्ध गराउदै आइरहेको छ ।
वित्तीय संस्थामा हाल करिव ४७ हजार सदस्यहरु आवद्ध रहेका छन् भने लगानीमा रहिरहेको कर्जा रकम २ अर्व २१ करोड रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्