×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विमानस्थल भित्रको धावनमार्गको सम्पूर्ण जग्गा विमानस्थलकै नाममा ल्याउन मन्त्री ढकालको निर्देशन (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

विमानस्थल भित्रको धावनमार्गको सम्पूर्ण जग्गा विमानस्थलकै नाममा ल्याउन मन्त्री ढकालको निर्देशन (भिडियो रिपोर्ट)

२३ चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सरसफाइलाई विशेष रुपमा ध्यान दिन निर्देशन दिनुभएको छ । आइतबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन गर्दै मन्त्री ढकालले विमानस्थलको सरसफाईलाई विशेष ध्यान दिन निर्देशन दिनुभएको हो । विमानस्थलमा अनावश्यक सामाग्रीहरु पनि यत्रतत्र छरिएर रहेको भन्दै चुस्त दुरुस्त व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । सरसफाइका लागि विमानस्थलसँग पर्याप्त कर्मचारी रहेको भन्दै उहाँले कर्मचारीको कामको निगरानी राख्नपनि विमानस्थल व्यवस्थापनलाई निर्देशन दिनुभयो । मन्त्री ढकालले विशिष्ट व्यक्तिहरुको गाडी हवाइजहाजको ढोकैसम्म पुग्ने गरेको भन्दै निश्चित मापदण्ड बनाइ क–कसको गाडी विमानस्थलभित्र जान पाउने निक्र्योल गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
मन्त्री ढकालले हवाइजहाजका लागि प्रयोग हुने इन्धन नेपालमा महंगो भएको भन्दै इन्धनको मूल्य अन्तराष्ट्रिय रुपमा समान हुनुपर्ने बताउनुभयो । उहाँले विमानस्थल भित्रको धावनमार्गको सम्पूर्ण जग्गा विमानस्थलको नाममा नभएको उल्लेख गर्दै विमानस्थलको नाममा ल्याउने प्रक्रिया थाल्न विमानस्थल प्रशासनलाई निर्देशन दिनुभयो । विमानस्थल भित्र बस्ने ट्याक्सीले महंगो भाडा लिने गरेकाले ट्याक्सीहरुलाई सरकारले अतिरिक्त सेवा दिएर भएपनि मिटरमा हिडाउनुपर्नेमा पनि मन्त्री ढकालले जोड दिनुभयो । ट्याक्सीलाई सिस्टममा हिडाउनका लागि विमानस्थल भित्रको पार्किङ शुल्क मिनाहा गर्नसम्म सोच्नुपर्ने बताउनुभयो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: