
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सिन्धुली घर भई माकलबारी बस्ने २४ वर्षका सरगम भन्ने श्याकुमार भट्टराई, १८ वर्षकी मसेली भन्ने सुहाना तामाङ, काठमाडौं जोरपाटीका ५२ वर्षीय प्रकाश ढुंगेल, नुवाकोट घर भई मालबारी बस्ने २१ वर्षीया मिना थापा मगर र काठमाडौं गगालफेदीका ४७ वर्षीय राजकुमार सुनारको ‘ग्यांग’ काठमाडौँमा फ्ल्याट नै लिएर अघोषित कोठी चलाउँथे। उनीहरुको उक्त फ्ल्याटमा युवतीहरुलाई खान, बस्नसमेत व्यवस्था थियो । गरिब बाआमा खोज्दै गाउँ गाउँ जाने उनीहरु छोरीलाई राम्रो काम लगाइदिने प्रलोभन दिएर छोरीहरुलाई काठमाडौँ ल्याउँथे, र त्यहि कोठीमा यौन धन्दा चलाउँथे ।
तर उनीहरुको यो गलत धन्दा धेरै समय टिकेन । १६ वर्षीया किशोरी उनीहरुलाई झुक्याएर भाग्न सफल भएपछि अभिभावकले उजुरी दिएको महानगरीय प्रहरी परिसर, भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक गिरीले बताएका छन् । आफ्नी छोरीलाई कपडा पसलमा काम लगाईदिने भन्दै सुहानाले लगेको र श्यामकुमारसँग मिलेर जवरजस्ती यौनजज्य कार्य गर्न लगाएको भन्दै बुधबार एक किशोरीका बाबुले उजुरी दिएपछि प्रहरीले सुहाना र श्यामकुमारलाई पक्राउ गर्यो । थप अनुसन्धान गर्दै जाँदा प्रहरीले बालिका तथा किशारीहरुलाई राख्न माकलबारीमा लिएको फ्याटमा छापा मार्यो र थप प्रमाणहरु भेट्टायो ।
अनुसन्धानका क्रममा सुहानाले आर्थिक अवस्था कमजोर भएका बालिका तथा युवतीहरुलाई कपडा पसल लगायतमा काम लगाउने प्रलोभन देखाएर श्यामकुमार कहाँ पुर्याउने गरेको पाइएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार श्यामले भने किशोरीहरको तस्वीर तस्वीर होटल सञ्चालहरुलाई तस्वीर पठाउने र ग्राहकसँग मोलमोलाई गरेर यौनजन्य कार्य गर्न लगाएको पाइएको छ ।
त्यहाँ युवतीहरुलाई खान बस्न मिल्ने व्यवस्थाका साथै गर्भ निरोधक अस्थायी साधनहरु पनि बरामद भएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्