Skip to content
LAXMI SUNRISE BANK

Breaking : शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।
कोरोनाको प्रकोप बढेको भन्दै यस्तो निर्णय गरिएको हो ।

शिक्षण संस्थासहित रात्रिकालीन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना, रंगशाला लगायत भिडभाड हुने क्षेत्रहरु बैशाख मसान्तसम्म बन्द गर्ने सरकारले निर्णय गरेको हो ।


यस्तै सरकारले त्यस्तै २५ जनाभन्दा बढीको भेलामा पनि रोक लगाउने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणका हिसाबले अति प्रभावित भनी वर्गीकरण गरेका विभिन्न १४ जिल्लाका विद्यालय बन्द गर्नुपर्ने अवस्था रहेको बताएको थियो । काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा, बागलुङलाई मन्त्रालयले अतिप्रभावित भनी वर्गीकरण गरेको थियो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK