×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्रीलाई सीसीएमसीको ब्रिफिङ : ‘काठमाडौँसहितका हटस्पटहरुमा ‘लकडाउन’ गर्नुको विकल्प छैन…’

PRIME CA

प्रधानमन्त्रीलाई सीसीएमसीको ब्रिफिङ : ‘काठमाडौँसहितका हटस्पटहरुमा ‘लकडाउन’ गर्नुको विकल्प छैन…’

१२ बैशाख २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) का अधिकारीहरुले हटस्पटहरूमा ‘लकडाउन’ गर्नुको विकल्प नरहेकाले तत्काल हटस्पट ठाउँहरुमा लकडाउन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।
‘हटस्पटहरुमा बाँकेको नेपालगञ्जमा जस्तै रणनीति अवनाउनुपर्ने पर्ने ब्रिफिङ भयो । तत्काल त्यसो नगरे ठूला भयावह अवस्था आउने हुनाले तत्काल नेपालगंजकै रणनीति अनुसार अगाडी बढ्नुपर्ने भन्ने सुझाव आयो सबैबाट ।’ बैठकमा उपस्थित एक मन्त्रीले अर्थ सरोकार डटकमसँग भने, ‘ शनिबारसम्म काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं भक्तपुर, ललितपुरका साथै पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० नाघिसकेको छ । यो ठुलो जोखिम हो । यसलाई समयमा नै निर्मुल गरिएन भने स्थिति जे पनि हुनसक्छ । त्यसैले तत्काल लकडाउन गर्नुको विकल्प देखिदैन भन्ने कुरामा प्रधानमन्त्रीपनि कन्भिन्स्ड हुनुहुन्छ ।’
परीक्षाका नाममा विद्यालय तथा कलेजहरुमा भिडभाड भएकोतर्फपनि सीसीएमसीका अधिकारीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । सीसीएमसीको ब्रिफिङ सुनेपछि प्रधानमन्त्री ओलीले सरकारले जारी गरेको आदेश कडाइका साथ पालना गर्नुका साथै चेतनामुलक सन्देशहरु प्रवाह गर्नुपर्नेमासमेत जोड दिएका छन् । उनले शनिबार भएको छलफलका आधारमा सीसीएमसीबाट प्रस्ताव तयार परेर मन्त्रिपरिषदमा ल्याउन समेत निर्देशन दिएका छन् ।

अव के हुन्छ ?

अव प्रधानमन्त्रीको निर्देशन अनुसार सीसीएमसीबाट प्रस्ताव तयार परेर मन्त्रिपरिषदमा लगिनेछ । त्यसपछि लकडाउन हुने स्थिति देखिन्छ । लकडाउन सिधै गर्ने कि सुरुमा जोर बिजोर प्रणाली सुरु गर्ने वा के गर्ने भन्ने विषयमा लगिने प्रस्ताव बारे आज पनि सीसीएमसीमा छलफल हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: