×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

अब चेक बाउन्स मुद्दामा मिलापत्र गर्न सकिने, महान्यायाधिवक्ताको कार्यालयले दियो यस्तो निर्देशन !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले चेक अनादर सम्बन्धी बैंकिङ कसुर मुद्दा मिलापत्र गराउन निर्देशन दिएको छ । महान्यायाधिवक्ताको कार्यालय व्यवस्थापन समितिको चैत २६ गते बसेको बैठकले चेक बाउन्स मुद्दा मिलापत्र गराउन सबै सरकारी वकिल कार्यालयलाई निर्देशन दिएको हो ।
पछिल्लो समय चेक बाउन्स सम्बन्धी उजुरी अत्याधिक पर्ने गरेका छन् । पीडित र प्रतिवादीले मिल्न चाहेमा सरकारी वकिल कार्यालयमा निवेदन दिएपछि मिलापत्र गराइने जनाइएको छ । ‘बैंकिङ कसुर तथा सजाय ऐन, ०६४ को दफा ३ को खण्ड (ग) अनुसार पीडित र प्रतिवादीले मिलापत्र गराई पाउँ भनी निवेदन दिएमा मिलापत्र गराउने’ महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयमा उल्लेख गरिएको छ ।
कार्यालयले सरकारी वकिललाई मिलापत्रको अधिकार दिएपनि प्रहरीलाई चाहिँ दिएको दिएको छैन ।  प्रहरीको १० नम्बर डायरीमा मुद्दा दर्ता भएपनि अदालतमा मुद्दा लानुअघि चेक दिने व्यक्तिले पीडितलाई पैसा दिएमा मुद्दा नचलाउने निर्णय गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: