Skip to content
LAXMI SUNRISE BANK

स्रोत नखुलेको २४ लाख ५० हजारसहित ३३ वर्षिय एक पुरुष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन् । मोरङ कानेपोखरी गाउँपालिका ७ घर भएका ३३ वर्षीय चुडामणी बस्नेतलाई सो रकमसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । 
यति एयरको उडानद्वारा काठमाडौंबाट मोरङ जान लागेका उनलाई विमानस्थलको आन्तरिक उडानतर्फको हेण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्नेक्रममा उक्त स्रोत नखुलेको नगद सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK