
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको क्षेत्रीय कार्यालय बुटवल शाखाले घातक रोगको बीमा दाबी भुक्तानी रकम वापत ३० लाख रुपैयाँ प्रदान गरेको छ । कम्पनीले तिलोत्तमा नगरपालिका वडां नं ९ निवासी ४१ वर्षिय राम चन्द्र कंडेललाई उक्त रकम प्रदान गरेकाे हाे ।
कंडेलले २०७६ श्रावण महिनामा सिटिजन लाइफको बुटवल शाखाबाट ३० लाखको वार्षिक अग्रिम भुक्तानी बीमा गरेका थिए । एक किस्ता बीमा शुल्क २ लाख ४६ हजार मात्र बुझाएका कंडेल फर्निचर उद्योगमा काम गर्दागर्दै मुटुमा समस्या भइ उपचारको लागी काठमाडाैंको गंगालाल अस्पतालमा गएका थिए ।
उनको उपचारकै क्रममा कम्पनिले सो ३० लाख विमाङ्क रकम प्रदान गरेकाे क्षेत्रीय शाखा प्रबन्धक दुर्गा राज ढकालले बताए । कम्पनीका क्षेत्रीय प्रबन्धक ढकालले सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको अतिरिक्त सुविधा मार्फत एउटा मात्र रोगको लागी नभई २० घातक रोगहरुको लागी बिल बिनानै ५० लाखसम्मको उपचार खर्च दिने गरी नेपालमै पहिलाेपटक कम्पनीले काम गरिरहेको जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्