
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिटिजन्स बैंक लिमिटेड १४ वर्ष पूरा गरी १५ वर्षमा प्रवेश गरेको छ । ५६ करोड रुपैयाँ चुक्ता पूँजीबाट स्थापना भएको यस बैंकको हालको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । बैंकले यस अवधिमा नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाइनान्स, पिपुल्स फाइनान्स, प्रिमियर फाइनान्स, सहयोगी विकास बैंक र तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेको छ । त्यसैगरी पछिल्लो समयमा सृजना फाइनान्सलाई पनि प्राप्ति गर्ने प्रारम्भिक सम्झौता गरिसकेको छ । बैंक स्थापना भएको वर्ष समाप्तीमा १ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ४ करोड रुपैयाँ कर्जा लगानी गरेकोमा आर्थिक वर्ष २०७७/७८ को चैत्र मसान्तसम्म आईपुग्दा बैंकको कुल निक्षेप करिव १ खर्ब २९ अर्ब रुपैयाँ रहेको छ भने करिव १ खर्ब १४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
पछिल्लो १ दशकको अवधिमा बैंकको नाफामा समेत उच्च दरमा वृद्धि भएको छ । बैंकको नाफा पछिल्ला ५ वर्ष निरन्तर १ अर्ब भन्दा माथि रहँदै आएको छ । गत आर्थिक वर्षमा मात्र एक अर्ब १९ करोड रुपैयाँ खुद नाफा गरेको बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा करिव १ अर्ब ५४ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले हालसम्म सातै प्रदेशमा फैलिएका आफ्ना १६७ वटा शाखाहरुबाट करिव १० लाख ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । बैंकिङ सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्न बैंकले स्थापना कालदेखिनै पहल कदमी गरिसकेको थियो । २०६८ सालमा हुम्लाको सिमिकोट र २०७१ सालमा डोल्पामा शाखा खोलिनु यसका केहि उदाहरणहरु हुन् । वित्तीय पहुँच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवर्धन तथा संघीयतालाई दह्रो र सहज बनाउन सरकारले अवलम्बन गरेको सबै नेपालीको बैंक खाता भन्ने नीतिलाई आत्मसाथ गर्दै यस बैंकले नेपालको दुर्गम क्षेत्रमा पनि शाखाहरू विस्तार गर्दै आएको छ ।
स्थापना कालदेखिनै कर्मचारीलाई उच्च प्राथमिकतामा राखेर कार्यसम्पादन गर्दै आएको यस बैंकको थालनि हुँदा ४४ जना कर्मचारी रहेकोमा हाल यस बैंकसँग १ हजार ६ सय जना कर्मचारी आबद्ध छन् । यसै सिलसिलामा बैंकमा निरन्तर दुई कार्यकाल पुरा गरी सञ्चालक समितिमा योगदान पु¥याउनु भएका सञ्चालकज्यू तथा बैंकमा निरन्तर १० वर्ष कार्यरत पदाधिकारी एवं कर्मचारीलाई ‘दीर्घ सेवा सम्मान पदक’ वितरण गरिऐको छ । ‘भित्र सिस्टम र बाहिर इमेज” को नारालाई अंगिकार गरेको यस बैंकमा आउने सेवाग्राहीलाई पहिला नमस्तेका साथ अभिनन्दन गर्दै सेवा प्रवाह गर्ने प्रचलन रहेको छ । सूचना प्रविधिमा आएको आमुल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउदै गर्दा सूचना प्रविधिको विकाशक्रमलाई आत्मसाथ गर्दै बैंकले १११ वटा स्थानबाट एटिएम सेवा प्रदान गर्दै आएको छ । यस चौध वर्षको अवधिमा ३४४,१८३ ग्राहकहरुले मोबाईल बैंकिङ सेवाको उपयोग गरेका छन् ।
सिटिजन्स बैंकको ई-बैंकिङको प्रयोगकर्ता २३,६६० पुगेको छ भने डेबिट तथा क्रेडिट कार्डवाहकको सङ्ख्या १७९,७४० रहेको छ । बैंकका डेबिट, क्रेडिट /प्रिभिलेज कार्डवाहकरुले विभिन्न प्रकारको सेवा सुविधा लिंदा विशेष छुटको प्रबन्ध मिलाईएको छ जसका निम्ति बैंकले हालसम्म १३७ वटा विभिन्न क्षेत्रका सेवा प्रदायकहरुसँग विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ । नेपालका विभिन्न सेवा प्रदायकहरुसँग सहकार्य गर्दै आएको यस बैंकले हालसालै भारतको मेदान्त मेडिसिटि अस्पतालसँग पनि बैंकका कार्डवाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५५ सम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ । खुद्रा लेनदेन र किनमेललाई सहज, सरल र झन्झटरहित बनाउनका खातिर यस बैंकले विभिन्न तरकारी बजार, फलफूल बजार, ससाना किराना पसलहरु, पान पसल, पेट्रोल पम्प आदि जस्ता स्थानहरुमा ५,३१९ वटा क्यूआर कोड तथा ४४० वटा पिओएस मेसिन वितरण गरेर खुद्रा लेनदेनलाई सहज बनाउन एक परिष्कृत कार्य योजनाका साथ द्रुत गतिमा कार्य गर्दै आईरहेको छ । आगामी दिनमा डिजिटल सेवाको विकाशमा बैंक अझै आक्रामक रूपमा प्रस्तुत हुने कुरा बैंकले जनाएको छ ।
बैंकले यस वर्ष विभिन्न जनचेतनामुलक तथा जानकारीमुलक श्रब्य दृश्य सामाग्री पनि सार्वजनिक गरेको थियो । यसै सिलसिलामा बैंकले मंगलबार पनि क्यूआर कोडको बारेमा जागरण फैलाउने उद्देश्यका साथ एक श्रब्य दृश्य सामाग्री सार्वजनिक गरेको हो । खुद्रा लेनदेन तथा दैनिक कारोबार गर्न क्यूआर कोडको महत्तो समेटेर तयार गरिएको यस श्रब्य दृश्य सामाग्रीले आमजनलाई बैंकिङ सेवासँग चिरपरिचित गराउन महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ । व्यवसायिक ज्ञानको कमि, वित्तीय बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसंग परिचित नहुनु तथा व्यवसायिक तालिम र अभिमुखीकरणको अपर्याप्तता, उचित परामर्शको अभाव, वित्तीय साक्षरता र पहुँचको कमीले लगानीयोग्य पुंजी सदुपयोग हुन नसकेको परिस्थितिलाई न्युनिकरण गर्न यस बैंकले वित्तीय साक्षरताका लागि विभिन्न कार्यक्रमहरु पनि संचालन गर्दै आएको छ ।
पाँच संस्थागत मूल्य र मान्यता सेवाग्राही केन्द्रीत, सेवामा उत्कृष्टता, इमान्दारीता, मिजासिला र सहयोगी जनशक्ती, जवाफदेहीता र पारदर्शीता सहितको संस्थागत सुशासनका साथै देश विकासका लागि सामाजिक अभियानहरु सञ्चालन गर्ने प्रतिबद्धता सहित स्थापित यस बैंकले १४ वर्षको समयमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार प्राप्त गरेको छ । ‘हजुरको प्रगतिको सहयात्री’ भन्ने नाराका साथ स्थापित यस बैंकले स्थापना काल देखिनै संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक रूपान्तरण तथा सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न संस्थालाई आर्थिक सहयोग उपलब्ध गर्दै आइरहेको छ । साथै बैंकले आगामी दिनहरुमा अझै उच्चस्तरिय सेवा प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्