×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कोरोना कालमा पनि कमाल गर्यो सिटिजन्स बैंकले, नाफामा ४१.६१ प्रतिशतको बढोत्तरी, अन्य सूचक पनि उत्साहजनक !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नाफामा राम्रो बढोत्तरी गरेको छ । कोरोना महामारीका बीच सिटिजन्स बैंकले सो अवधिमा ४१.६१ प्रतिशतले बढाएर खुद नाफा १ अर्ब ५४ करोड रुपैयाँ गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ९ करोड रुपैयाँ खुदनाफा गरेको थियो ।
बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार ९ महिनाको अवधिमा ४५ करोड ४० लाख रुपैयाँ खुदनाफा बढेको देखिएको छ । निक्षेप परिचालन तथा कर्जा प्रवाहमा भएको वृद्धिका कारण खुदब्याज आम्दानी र अन्य आयमा भएको बढोत्तरीले खुदनाफा गत आर्थिक वर्षको भन्दा बढी प्रगति देखिएको हो ।
बैंकले ९ महिनामा २ अर्ब ५४ करोड रुपैयाँ खुदब्याज आम्दानी गरेको देखिन्छ । बैंकको सञ्चित कोषको आकार बढेर ४ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । ९ महिनामा बैंकको निक्षेप परिचालन बढेर १ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ । यता बैंकको प्रतिसेयर आम्दानी बढेर २०.७२ रुपैयाँ पुगेको छभने प्रति शेयर किताबी मूल्य १४६.८७ रुपैयाँ रहेको बैंकले जनाएको छ । 
समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात १.८३ प्रतिशत छ भने निक्षेप लागत घटेर ५.७१, प्राथमिक पूँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७८.१३, आधारदर ७.४४ र ब्याजदर अन्तर (स्प्रेड) ३.८६ प्रतिशत रहेको छ । यस्तै कर्जा प्रवाह पनि बढेर १ खर्ब ८ अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: