×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फेडेरल एक्सचेञ्ज र सिटी एक्सप्रेसबीच सम्झौता, युएईबाट सजिलै नेपालमा पैसा पठाउन सकिने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । यूएईको फेडेरल एक्सचेञ्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार शुरु भएको छ । यूएईमा रहने नेपालीहरुले फेडेरल एक्सचेञ्ज र सिटी एक्सप्रेसको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत् नेपालमा सजिलै पैसा पठाउन सकिनेछ ।
नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२ हजारभन्दा बढी एजेन्टबाट सजिलै भुक्तानी लिन सकिने वा नेपालको जुन सुकै बैंकको खातामा रकम जम्मा गर्न सकिने छ । सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र फेडेरल एक्सचेञ्जका तर्फबाट महाप्रबन्धक राजह आरआर लियानेजले हस्ताक्षर गरे ।
सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत् छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: