×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिटी एक्सप्रेस मनी ट्रान्सफर र फेडरल एक्सचेन्जबीच सम्झौता, रेमिटान्स कारोबार सुरु गर्ने

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । यूएईको ख्याति प्राप्त फेडरल एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ । यूएईमा भएका नेपालीहरुले फेडरल एक्सचेन्ज को सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । यस्तै नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२ हजार भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने वा नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न सकिने भएको छ । सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र फेडरल एक्सचेन्जका तर्फबाट महाप्रबन्धक राजा आर आर लियानाजले हस्ताक्षर गरेका हुन् ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजार भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: