×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकको कामु सीइओमा सुनिलकुमार पोखरेल नियुक्त, वैशाख १८ गतेदेखि कार्यभार सम्हाल्ने

GLOBAL IME BANK

सिभिल बैंकको कामु सीइओमा सुनिलकुमार पोखरेल नियुक्त, वैशाख १८ गतेदेखि कार्यभार सम्हाल्ने

६ बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददता
काठमाडौं । सिभिल बैंकको कायम मुकाय प्रमुख कार्यकारी अधिकृत (कामु सीइओ)मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन् । वैशाख ५ गते साँझ बसेको बैंक सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृत पोखरेललाई कामु सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले राजीनामा दिएसँगै बैठकले कामु सीइओमा पोखरेललाई नियुक्त गरेको हो । यससँगै नवनियुक्त कामु सीइओ पोखरेलले वैशाख १८ गतेबाट आफ्नो कार्यभार सम्हाल्ने भएका छन् । उनले अर्को निर्णय नभएसम्मको लागि बैंकको कामु सीइओको पदभार सम्हाल्ने भएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: