×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंक लिमिटेडको नेतृत्वमा फेरबदल, गोविन्द गुरुङको राजीनामा १८ गतेदेखि लागु हुने गरी स्वीकृत

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सिभिल बैंक लिमिटेडको नेतृत्वमा फेरबदल, गोविन्द गुरुङको राजीनामा १८ गतेदेखि लागु हुने गरी स्वीकृत

७ बैशाख २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सिभिल बैंक लिमिटेडको नेतृत्वमा फेरबदल भएको छ । बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा रहेका गोविन्द गुरुङले पदबाट राजीनामा दिएपछि बैंकको नेतृत्वमा फेरबदल भएको हो ।  उक्त राजीनामा मिति ०५ गते बसेको संचालक समितिको बैठकबाट ०१/१८ गतेदेखि लागु हुने गरी स्वीकृत भएको छ । साथै उक्त बैठकबाट बैंकका वर्तमान नायब प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ ।
बैंकमा बि.सं.२०६९ असोज २१ मा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा आवद्ध भएका गुरुङले बि.सं. २०७४ बैशाख १२ मा कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको रुपमा र बि.सं. २०७४ श्रावण ११ देखि प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हालेका हुन् । बैंकले चेन्ज म्यानेजमेन्ट मार्फत संस्थागत संस्कार, कार्यगत संस्कार, कर्जाको गुणस्तर, संस्थागत संरचनामा व्यापक सुधार गरी हालैको वर्षहरुमा व्यवसायको आयतनमा व्यापक वृद्धि गरेको हो ।
उनले प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हाल्दा बैंकको निक्षेप रु ३३ अर्व ८१ करोड, कर्जा रु ३१ अर्व १९ करोड, निष्कृय कर्जा अनुपात ४.६६%, शाखा संख्या ५१ थियो र हाल बैंकको निक्षेप रु ८७ अर्व ८९ करोड, कर्जा रु ८१ अर्व ४४ करोड, निष्कृय कर्जा अनुपात १.७०% तथा शाखा संख्या ११४ पुगेको छ । उनको कार्यकालमै यूनिक फाईनान्स र हामा मर्चेन्ट एण्ड फाइनान्स मर्जर भएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: