
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सिभिल बैंकले ओखलढुङ्गा जिल्ला, सिद्धिचरण नगरपालिका वडा नं ११, करदाता सेवा कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठले गरे ।
उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा ओखलढुङ्गा जिल्लाका सहायक प्रमूख जिल्ला अधिकृत मनिता कार्की, नेपाली सेनाका अरिदमन् गणका गणपति महा–सेनानी विशाल सिंह, नेपाल प्रहरीका ओखलढुङ्गा जिल्लाका प्रमुख गोविन्द पौडेल, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमूख युगल किशोर न्यौपान, कर दाता सेवा कार्यालयका प्रमुख कोसालेन्द्र रिजाल, उद्योग वाणिज्य संघ ओखलढुंगाका अध्यक्ष घनेन्द्र कुमार मास्के, ओखलढुंगा पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र रुम्जाली, सिभिल बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ विभागका प्रमुख भोला बहादुर बिष्ट, सिभिल बैंक प्रदेश नं १ का प्रमुख राजेश ढकाललगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति, मिडियाकर्मीहरु तथा सर्वसाधरणको उपस्थिति रहेको थियो ।
एक्सटेन्सन काउन्टर संचालनमा आएसंगै सो क्षेत्रका सेवाग्राहीहरुले नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजश्व विभागसंग सम्बन्धित करहरुको भुक्तानी बैंकको एक्सटेन्सन काउन्टरमार्फत सजिलैसंग गर्न सक्नेछन । बैंकको यस एक्सटेन्सन काउन्टरसहित ८ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ जसमध्ये ५ वटा एक्सटेन्सन काउन्टरहरु नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न स्थापित गरिएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्