×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वाणिज्य बैंकहरुमा बढ्न थाल्यो निक्षेप, एक सातामै थपियो ४० अर्ब रुपैयाँ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

वाणिज्य बैंकहरुमा बढ्न थाल्यो निक्षेप, एक सातामै थपियो ४० अर्ब रुपैयाँ

Artha Sarokar

२३ चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । पछिल्लो साता वाणिज्य बैंकहरुमा निक्षेप संकलन ह्वात्तै बढेको छ । नेपाल बैंकर्स संघले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार चैत तेस्रो साता २७ वाणिज्य बैंकमा ४० अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।संघका अनुसार चैत २० गतेसम्ममा वाणिज्य बैंकमा ४० अर्ब रुपैयाँ निक्षेप थपिँदा कुल निक्षेप ३८ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो साता १० अर्बले निक्षेप बढ्दा कुल निक्षेप संकलन ३८ खर्ब ५० अर्ब रुपैयाँ पुगेको थियो ।
सरकारले विकास खर्च धेरै गर्ने समय नजिकिँदै गरेकाले निक्षेप थप बढ्ने र बजारमा अधिक तरलता हुने बैंकरहरु बताउँछन् । यस्तै यो अवधिमा बैंकहरुले ३९ अर्ब कर्जा लगानी गरेका छन् । योसंगै वाणिज्य बैंकहरूले कुल ३५ खर्ब १ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । चैत दोस्रो साता २८ अर्बले कर्जा प्रवाह थपिँदा बैंकहरुले कुल ३४ खर्ब ६२ अर्ब रुपैयाँ लगानी गरेका थिए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी