Skip to content
LAXMI SUNRISE BANK

माछापुच्छ्रे बैंकद्वारा कन्ट्याक्ट लेस कार्ड सेवाको सुरुवात, २ हजारसम्मको कारोबारमा पिन नचाहिने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । माछापुच्छ्रे बैंकले भिषा कार्ड मार्फत हुने कारोबारलाई अझ सहज बनाउने उद्देश्यले कन्ट्याक्ट लेस कार्ड सेवा शुरु गरेको छ । ग्राहकलाई नयाँ र सहज सेवा प्रदान गर्दै जाने क्रममा उक्त कन्ट्याकलेस कार्ड सेवा संचालनमा ल्याएको हो । कन्ट्याकलेस कार्ड सेवा अन्तर्गत कन्ट्याकलेस कार्डको प्रयोग गरी पीओएस (पोइन्ट अफ सेल्स) मा कारोबार गर्दा आफ्नो कार्डको पिन राख्नु पर्दैन, उक्त ‘ट्याप एण्ड पे’ सुविधायुक्त पीओएसमा ट्याप गरेर सजिलै कारोबार गर्न सकिनेछ ।
कन्ट्याकलेस कार्ड अन्तर्गत बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गरी २ हजार रुपैयासम्मको भुक्तानी गर्दा पिनको आवश्यकता पर्दैन भने २ हजार रुपैयाँभन्दा बढिको काराबोर गर्दा कार्ड पिन नम्वर राख्नुपर्ने हुन्छ । बैंकले उक्त सेवा आफ्ना अधिकांश पीओएस मसिनलाई ट्याप एण्ड पे’ सुविधायुक्तमा स्त्तरोन्नती गरिसकेको छ । उक्त सुविधा लिनको लागि बैंकका ग्राहकले नजिकको शाखामा सम्पर्क राखी कन्ट्याक्ट लेस कार्ड लिन सक्नछेन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK