×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘अब कोरोना बीमा आवश्यक छैन’ : प्रधानमन्त्री ओली

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना बीमा आवश्यक नभएको बताएका छन् । मेलम्ची खानोपानी वितरणको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कोरोना बीमा आवश्यक नभएको बताएका हुन् ।  सरकारले नि: शुल्क उपचार र खोप प्रदान गरिरहेकाले कोरोना बीमा आवश्यक नभएको उनले बताए ।
‘स्वाव परीक्षण, उपचार नि: शुल्क गरेपछि बीमा आवश्यक थिएन । तर हडबढीमा बीमा गरीयो त्यसलाई अब सच्याउन जरुरी छ ।’ उनले भने । कोरोना भाइरसको संक्रमण व्यापक रुपमा फैलिन थालेपछि बीमा समितको निर्देशनमा निर्जीवन बीमा कम्पनीले वैशाख ७ गतेदेखि  ५० हजार र एक लाख रुपैयाँ बीमांकको दुई कोरोना बीमालेख बिक्री गर्न सुरु गरेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: