
- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना भाइरसको दोस्रो लहर सूरु भएसँगै सुदूरपश्चिममा जोखिम त्यत्तिकै मात्रामा बढेको छ । आइतबार मात्रै धनगढीमा रहेको अस्थायी कोरोना अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नं. ३ का ६२ वर्षीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार क्षेष्ठले जानकारी दिए ।
वैशाख ८ गते अस्पताल भर्ना भएका उनीमा ९ गते कोरोना पुष्टि भएको थियो । आइसियुमा राखेर उपचार भइरहेका उनमा कडा खालको स्वासप्रस्वासको समस्या देखिएको थियो । यता अस्पतालमा थप बिरामी राख्नका लागि बेड अभाव भएको अधिकारी श्रेष्ठले बताए । उनले भने, ‘हामीसँग भएका सबै बेड भरिसकेको छ, जटिल प्रकृतिका बिरामी आए भने फर्काउनुको अरु कुनै विकल्प छैन ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्