×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अहिले लागु भएको निषेधाज्ञा कोरोना संक्रमणको फैलदो अवस्थाको चेन ब्रेक गर्न भएको हो’ : उपप्रधानमन्त्री (भिडियो)

PRIME CA

‘अहिले लागु भएको निषेधाज्ञा कोरोना संक्रमणको फैलदो अवस्थाको चेन ब्रेक गर्न भएको हो’ : उपप्रधानमन्त्री (भिडियो)

१७ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । नेपाल सरकारका उपप्रधानमन्त्री तथा कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले कोरोनासँग लड्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ । सबैले हातेमालो गर्दै अगाडी बढ्न र जवाफदेही बन्न अपील गर्नुभएको छ । शुक्रबार उपप्रधानमन्त्री पोखरेलले कोरोनाको अघिल्लो लहरले धेरै कुरा सिकाएर गएको हुँदा व्यवस्थापनको काम सहज हुने बताउनुभयो । अहिले लागु भएको निषेधाज्ञा कोरोना संक्रमणको फैलदो अवस्थाको चेन ब्रेक गर्न भएको बताउनुभयो । स्थानिय प्रशासनले आफ्नो आवश्यकता हेरेर कस्तो व्यवस्थापनको विधि अपनाउने हो त्यो गर्न अधिकार दिएको पनि उपप्रधानमन्त्री पोखरेलको भनाई छ ।
सरकारले लागु गरेको निषेधाज्ञा कुनै राजनीतिक अभिप्रायले नगरिएको पनि स्पष्ट पार्नुभयो । उपप्रधानमन्त्री पोखरेलले निषेधाज्ञा जनताको स्वास्थ्य सुरक्षा जीवन रक्षाको लागि भएकोले कुनै राजनीतिक उद्देश्य नहेर्न पनि आग्रह गर्नुभयो । अहिले जनता आफैपनि सचेत र जिम्मेवार हुनुपर्ने आवश्यकता रहेको पनि पोखरेलले बताउनुभयो । सरकारले परिस्थितिको गम्भिरतालाई बुझेर अभिभावकिय भुमिका निर्वाह गरेको हुँदा आम नागरिकले आफ्नो जीवनसँग गाँसिएको विषयमा जवाफदेही बन्न पनि आग्रह गर्नुभयो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: