×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाको ‘हटस्पट’ बन्दै ‘कैलाली’, बुधबार मात्रै सुदूरका २२७ जनामा कोरोना पुष्ठी !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कोरोनाको ‘हटस्पट’ बन्दै ‘कैलाली’, बुधबार मात्रै सुदूरका २२७ जनामा कोरोना पुष्ठी !

Artha Sarokar

१५ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना माहामारीको दोस्रो लहर सूरु भएसँगै कैलाली कोरोनाको हटस्पटको रुपमा स्थापित बन्दै गएको छ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण दिनप्रतिदिन फैलिन थालेपछि सुदूरपश्चिम फिर्नेको संख्यामा पनि वृद्धी भएको हो । कैलालीको त्रिनगर भन्सार नाका भएर दैनिक भित्रिएका हजारौँमध्ये सयौँजनामा संक्रमण देखिदै आएको छ ।
बिहिबार मात्रै धनगढीका १३६ सहित सुदूरपश्चिममा २२७ जनामा कोरोनाको संक्रमण पोजेटिभ देखिएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा धनगगढीका मात्रै १३६ जनामा संक्रमण पुष्ठी भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
त्यस्तै बिहिबार परिक्षण गरिएका ३७० नमुनामध्ये प्रदेशभरका २२७ जनामा संक्रमण पुष्ठी भएको छ । जसमध्ये कैलाली जिल्लाका मात्रै २०२ जना रहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी