×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फेरी कोरोना संक्रमण बढेपछि धितोपत्र बोर्डले जारी गर्यो ६ बुँदे निर्देशन, के छ निर्देशनमा ?

PRIME CA

फेरी कोरोना संक्रमण बढेपछि धितोपत्र बोर्डले जारी गर्यो ६ बुँदे निर्देशन, के छ निर्देशनमा ?

अर्थ सरोकार

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल धितोपत्र बोर्डले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै ६ बुँदे निर्देशन जारी गरेको छ । बोर्डले एक सूचना जारी गर्दै कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बोर्डबाट अनुमति प्राप्त धितोपत्र बजार तथा सम्पूर्ण धितोपत्र व्यवसायीलाई सेवा प्रवाह गर्दा सवाधानी अपनाउन आग्रह गरेको हो ।
१. कार्यालय स्थलमा सेवाग्राही तथा कर्मचारीहरुलाई मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गर्ने/गराउने ।
२. नेपाल सरकारले तोकेको जनस्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण पालना गर्ने/गराउने।
३. कार्यालय हाताभित्र २५ जनाभन्दा बढी नहुने गरी सेवाग्राहीबीच २ मिटरको भौतिक दूरी कायम हुने गरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने ।
४. सभा, सम्मेलन, गोष्ठी, सेमिनार, बैठक, तालिम, प्रशिक्षणजस्ता क्रियाकलापहरु सञ्चालन गर्दा सकेसम्म भर्चुअल माध्यमबाट गर्ने/गराउने ।
५. सेवा प्रवाहलाई निरन्तर रुपमा सुचारु गर्न आफ्नो संस्थाका कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्ने गरी परिचालन गर्ने । सेवाग्राहीको भीडभाड कम गर्ने अभिप्रायले सकेसम्म सेवा प्रवाह गर्दा विद्युतीय माध्यमको प्रयोग गर्ने/गराउने ।
६. कोभिड–१९ को संक्रमणबाट बच्न तथा बचाउन नेपाल सरकारले कोभिड–१९ रोकथामका लागि अपनाएका आवश्यक उपायहरुका साथै बोर्डले यसअघि दिएका निर्देशनहरुको पूर्ण पालना गर्ने/गराउने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: