×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिशहोमको खुसीको उडान, दुईजनाले पाए बैंकक घुम्ने मौका

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

डिशहोमको खुसीको उडान, दुईजनाले पाए बैंकक घुम्ने मौका

Artha Sarokar

२९ चैत्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । डिशहोमले भर्खरै नेपालीहरुको विभिन्न उत्सवहरुलाई मध्यनजर गर्दै “खुशीको उडान” योजना सुरु गरेको छ । यस योजनाको लक्ष्य हरेक सक्रिय ग्राहकहरुलाई हरेक बिहीबार खास उत्साह र खुशी प्रदान गर्नु हो । यस योजना अन्तर्गत हरेक हप्ताको बिहीबार हुने लक्की ड्रबाट दुई भाग्यशाली जोडीहरुले बैंककको भ्रमण गर्न सक्नेछन् । लक्की ड्रमा सहभागी हुने ग्राहकहरुले आफ्नो सदस्यतालाई डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफरबाट टप अप गरेका हुन्छन् । साथै इ–वालेट एप्स् र रिचार्ज कार्डहरुबाट रिचार्ज गरेर पनि ग्राहकहरु यस योजनामा सहभागी हुन्छन् । ग्राहकहरुले वार्षिक रिचार्जमा विशेष छुट पनि प्राप्त गर्न सक्छन् ।
डिशहोम लक्की ड्रको पहिलो प्रत्यक्ष प्रसारण चैत २६ मा पाँच बजे डिशहोमका रियालिटी टिभी, रमाइलो टिभी, सरोकार टिभी र डिशहोम सोकेस च्यानलहरुमा भयो । पहिलो प्रत्यक्ष लक्की ड्रको विजेता ग्राहकहरु यी हुन् :
१. CAS ID No. ०२५५८१३३९६०
२. CAS ID No.०२५१९२५०८८५
डिशहोमा अब अर्को प्रत्यक्ष प्रसारण बैशाख ०२ गते बिहीबार, माथि उल्लेखित च्यानलहरुमा नै हुनेछ । सबै सक्रिय ग्राहकहरु यस लाइभ लक्की ड्रमा सहभागी हुन सक्नेछन् । ग्राहकहरुले आफ्नो नजिकैको डिशहोम डिलर वा डिशहोम ग्राहक सेवा केन्द्रमा सम्पर्क गरी योजनाका बारेमा थप आधिकारिक जानकारी प्राप्त गर्न सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी