×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैशाख १६ बाट एक्सेल डेभलपमेन्ट बैंकले ३ कम्पनीको संस्थापक सेयर लिलामीमा बिक्री गर्दै, कुनको भाउ कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

वैशाख १६ बाट एक्सेल डेभलपमेन्ट बैंकले ३ कम्पनीको संस्थापक सेयर लिलामीमा बिक्री गर्दै, कुनको भाउ कति ?

Artha Sarokar

१० बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । वैशाख १६ गतेबाट एक्सेल डेभलपमेन्ट बैंकले आफ्नो स्वामित्वमा रहेको ३ वटा कम्पनीको संस्थापक सेयर लिलामीमा बिक्री खुला गर्ने भएको छ । बैंकले १ लाख २५ हजार ६०९ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गर्ने भएको हो । 
ग्रामीण विकास लघुवित्तको २५ हजार २०० कित्ता, आरएमडीसी लघुवित्तको ५ हजार ७७० कित्ता र युनाइटेड इन्स्योरेन्सको ९४ हजार ६३९ कित्ता सेयर बिक्री गरिने बैंकले जनाएको छ । जसमा ग्रामीणको न्यूनतम मूल्य ४०० रुपैयाँ, आरएमडीसीको न्यूनतम मूल्य प्रतिकित्ता ४९८ रुपैयाँ र युनाइटेडको ३२१ रुपैयाँ तोकिएको छ । 
यसमा जेठ ५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ भने प्रभु क्यापिटल कमलादी काठमाडौं र एक्सेल डेभ्लपमेन्ट बैंकको केन्द्रीय कार्यालय विर्तामोड झापाबाट पनि आवेदन दिन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी