
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ११ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको सोही अवधिमा ८ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा यस वर्षको खुद नाफा ३६.७९प्रतिशतले बढी हो । यता बैंकको खुद ब्याज आम्दानी ३२ करोड ७१ लाख रुपैयाँ रहेको छ । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ३२ करोड ९६ लाख रुपैयाँ रहेको थियो । जुन यस वर्षको खुद ब्याज आम्दानी गत वर्षको भन्दा ०.७५ प्रतिशतले कम हो ।
सार्वजनिक वित्तीय विवरण अनुसार बैंकले सञ्चालन नाफा १२ करोड २९ लाख रुपैयाँबाट बढेर १६ करोड ८२ लाख रुपैयाँ पुगेको छ । यस्तै बैंकले ११ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ९ अर्ब ३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको हाल चुक्ता पुँजी ८१ करोड ११ लाख रुपैयाँ रहेको छ । यता रिजर्भ कोषमा भने २६ करोड ९४ लाख रुपैयाँ रहेको छ । यस्तै बैंकको खराब कर्जा ३.६६ प्रतिशतले घटेर २.६२ प्रतिशतमा सिमित भएको छ । यसैगरी कस्टअफ फन्ड ४.७१ प्रतिशत, प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ९६ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्